ग्लोबल आइएमई बैंकको मुद्दति निक्षेप धितो कर्जा अब अनलाइनबाटै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको मुद्दति निक्षेप धितो कर्जा अब अनलाइनबाटै



काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अबदेखि मुद्दति निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने भएका छन् । बैंकले आफ्ना मुद्दति निक्षेपकर्ताहरुलाई लक्षित गरी यो सुविधा सुरु गरेको हो।

ग्लोबलका मुद्दति निक्षेपकर्ताहरुले बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ वा वेभ साइटमार्फत मुद्दति निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् ।

उक्त रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने र यसका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने पनि बैंकले जानकारी गराएको छ । यस योजनामा बैंकबाट आफ्नो मुद्दति निक्षेपको ९०५ वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको छ भने मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार १३:२९