राष्ट्र बैकले १३ अर्बभन्दा बढीको ट्रेजरी बिल जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैकले १३ अर्बभन्दा बढीको ट्रेजरी बिल जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ७ गते सोमबार १३ अर्ब ८३ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रिय बैंकले ९१दिने, १८२ दिने,३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो ।


राष्ट्र बैकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैंयाको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल असार ७ गते परिपक्क हुनेछ । त्यसैगरी, बैंकले १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाकोे ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल असोज ४ गते परिपक्क हुनेछ । राष्ट्र बैंकले ३६४ दिनका लागि भने २ अर्ब रुपैंयाको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९/१२/७ मा परिपक्क हुनेछ ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।


प्रकाशित : ६ चैत्र २०७८, आईतवार १५:५१