आरम्भ चौतारी लघुवित्तको बार्षिक साधारण सभा घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरम्भ चौतारी लघुवित्तको बार्षिक साधारण सभा घोषणा



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैंठौ बार्षिक साधारण सभा गर्ने भएको छ । सभा संचालक समितिको ११७औं बैठकले चैत २७ गते काभ्रेको बनेपा–८ स्थित बनेपा पार्टी भेन्युमा गर्ने भएको हो ।


कम्पनीले आर्थिक बर्षको २०७७/७८ सम्मको संचित मुनाफाबाट चुक्ता पुँजी रु. २८ करोड ६७ लाख ६३ हजार एक सय ४८ रुपैंयाको २१ प्रतिशतले हुन आउने रकम रु ६ करोड २ लाख २० हजार दुई सय ६१ रुपैंया बोनस शेयर वितरण गर्न प्रस्ताव पारित गर्ने छ । साथै, बोनस शेयर जारी गर्दा संस्थाको पुँजी समेत बृद्धि हुने हुँदा सोको लागि प्रवन्धपत्रमा संशोधन गरी पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।


त्यसैगरी, संचालकहरुको भत्ता बृद्धि गर्ने, अन्य कुनै लघुवित्त वित्तिय संस्थासंग एक आपसमा गाभ्ने/गाभिने तथा समाहित हुने प्रयोजनका लागि आवश्यक कार्य गर्न संचालक समितीलाई अख्तियारी गर्ने लगाएतको प्रस्ताव पारित गर्ने छ । संस्थाले चैत १७ गते बाट २७ गते सम्म बुकक्वज गर्ने भएको छ ।

प्रकाशित : ६ चैत्र २०७८, आईतवार १२:३७