सिटिजन्स बैंकको ई.के.वाई.सी. सेवा संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकको ई.के.वाई.सी. सेवा संचालनमा



काठमाडौं । सिटिजन्स बैंकले १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा ई.के.वाई.सी. सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा भौतिक रुपमा बैंकमा उपस्थित भई के.वाई.सी. अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै उक्त्त सेवा संचालनमा ल्याएको हो ।

यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ्ग एपमा उपलब्ध गराईएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको के.वाई.सी. विवरणहरु बिना झन्झट अपडेट गर्न सक्नेछन् । आफ्नो के.वाई.सी. फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नुपर्ने हुन्छ ।

यो अनलाइन सेवाको प्रयोग गरि ग्राहकहरुले बैंकको शाखा जानुपर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोवाईल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय के.वाई.सी.अध्यावद्यिकको निवेदन दिन सकिनेछ ।

सिटिजन्स बैंकको देशैभरी १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकहरू रहेका छन्।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार १८:३०