एफसी चितवनले आइतवार रूकी हण्ट संचालन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

विविध

एफसी चितवनले आइतवार रूकी हण्ट संचालन गर्दै



काठमाडौँ । फुटवल क्लब एफसी चितवनले आगामी आइतबार विहान साढे एघार बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट(ट्यालेन्ट क्याम्प; खेलाडी छनोट) कार्यक्रम आयोजना गर्ने भएको छ ।

अप्रील ८ तारिकबाट शरू हुन लागेको नेपाल सुपर लीग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लब एफसी चितवनले होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

चितवन फुटवल सङ्घको समायोजनामा हुने उक्त प्रतियोगितमा फुटवल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउने छन् । खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लीग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ । यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लीग (एनएसएल) मा एफसी चितवन टीमबाट प्रतिष्पर्धामा खेल्न पाउने छन् ।

एफसी चितवन आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिको एक फुटवल क्लब हो । खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस्र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस भन्ने उद्देश्यले यो क्लब स्थापना गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गत वर्षबाट मात्र शुरू भएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एबम रोमाञ्चकारी हुने बताईएको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार १७:४६