जीवन विकास लघुवित्तको तेस्रो बार्षिक साधारणसभा चैत २५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जीवन विकास लघुवित्तको तेस्रो बार्षिक साधारणसभा चैत २५ गते



काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभा बस्ने भएको छ । संचालक समितिको ३ गते बिहिबार बसेको ५७औं बठकले चैत २५ गते शुक्रबार केन्द्रिय कार्यलय कटहरीमा बस्ने भएको हो ।

संस्थाको आ.व. २०७७/७८ को बार्षिक वित्तिय विवरण प्रकाशित गर्ने र संचालक समितिले सिफारिस गरे अनुसार २०७७/७८ को विवरण योग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी रु ६० करोड ८४ लाख बराबरको ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० हजार रुपैंया (कर सहित) बोनस शेयर ३.६८४२ प्रतिशतले हुन आउने रकम रु २ करोड २४ लाख १४ हजार ७ सय ३६ रुपैंया बराबर नगद लाभांस स्वीकृत गर्ने भएको छ ।

साधारण सभा प्रयोजनको लागि समितिले चैत १२ गते देखि चैत २५ गतेसम्म बुकक्वज बन्द गर्ने पनि जनाएको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार १२:५४