काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिडेडले २६औं बार्षिक साधारण सभा गर्ने भएको छ । सभा संचालक समितिको ४००औ बैठकको निर्णय अनुसार चैत ३० गते बुधबार प्रभुु कम्प्लेक्स ,तिनकुनेमा हुने भएको हो ।
कम्पनीको हालको चुक्तापुँजी एक अर्ब १६ करोड १९ लाख दुई हजार ३ सय २८ रुपैंया बराबरको ०.५८ प्रतिशत नगद लाभांश र ११ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले चैत १७ गते बिहिबार बाट बुकक्वज गर्ने भएको छ ।
Comment