सुनको मुल्य प्रतितोला कति छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य प्रतितोला कति छ ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यमा स्थिरता आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय रुपैंया कायम भएको हो ।

अघिल्लो दिन (बिहिबार) पनि सोहि मुल्य कायम थियो । साथै, शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ३ सय रुपैंया तोकिएको छ।

त्यसैगरी, यता चाँदीको मुल्यमा भने आज (शुक्रबार) तोलामा ५ रुपैंयाले घटेर चाँदी प्रतितोला १३ सय ८५ रुपैंयामा कारोवार भएको महासंघले जनाएको छ

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार ११:२३