सिटिजन्स बैंकले १५औं वार्षिकोत्सवलाई लक्षित गर्दै ल्यायो विशेष छुट योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकले १५औं वार्षिकोत्सवलाई लक्षित गर्दै ल्यायो विशेष छुट योजना



काठमाडौं । सिटिजन्स बैंकले १५औं वार्षिकोत्सवलाई लक्षित गरेर विशेष छुट योजना ल्याएको छ । बैंकले वैशाख ७ गते पर्ने आफ्नो वार्षिकोत्सवलाई मध्यनजर गर्दै छुट योजनाहरू ल्याएको हो ।

यो योजना चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म लागू हुनेछ । यस अवसरमा विभिन्न सेवा र सुविधामा भारी छुट र क्यास ब्याक पाइने बैंकले जनाएको छ । सिटिजन्स बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्ने र अनलाइनबाटै कारोबार गर्ने ग्राहकले एक हजार वा सोभन्दा बढीको कारोबार गर्दा एक मुष्ठ दुई सय रूपियाँ क्यास ब्याक पाउन सक्छन् ।

बैंकले पहिलो पटक क्यूआर कोड प्रयोग गर्ने ग्राहकहरुले भने सय रूपियाँ क्यास ब्याक पाउने जनाएको छ । ग्राहकले पाँच लाख रूपियाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रूपियाँसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेविट कार्ड, मोबाइल इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटीएमबाट पैसा निः शुल्क रकम निकाल्न मिल्ने बैकले जनाएको छ ।

अहिले सिटिजन्स बैंकले १७४ शाखा, १२३ एटीएम तथा ९० वटा शाखा रहित बैंकिङ सुविधा ग्राहकलाई दिइरहेको छ ।

प्रकाशित : ३ चैत्र २०७८, बिहीबार १५:२४