घट्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा साताको चौंथो दिन (बुधबार) पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार २ सय रुपैयाँले घटेर बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ३ सय रुपैंया पुगेको हो ।

अघिल्लो दिन (मंगलबार) छापावाल सुनको मुल्य प्रतितोला एक लाख ५ सय रुपैंयामा कारोवार भएको थियो । साथै, मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ८ सय रुपैंया कायम गरिएको छ।

त्यसैगरी, यता चाँदीको मुल्यमा पनि आज (बुधबार) तोलामा १० रुपैंयाले घटेर चाँदी प्रतितोला १३ सय ७० रुपैंयामा कारोवार भएको महासंघले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार ११:२०