खल्तीबाट भुक्तानी गर्दा सय प्रतिशत क्यास्ब्याक पाईने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

खल्तीबाट भुक्तानी गर्दा सय प्रतिशत क्यास्ब्याक पाईने



काठमाडौं । खल्ती मार्फत (ईएमआई) भुक्तानी गर्दा सय प्रतिशत सम्म क्यासब्याक पाउन सकिने भएको छ। साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउने खल्तीले जनाएको छ ।

हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्लू इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानी गर्दा सय प्रतिशत क्यास ब्याक (५ हजार रुपैयाँसम्म)प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन् । यो अफर चैत १ देखि चैत ३० सम्म मान्य हुने कम्पनीले जनाएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको बताए ।
रु. ५ हजार माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १ चैत्र २०७८, मंगलवार १७:१३