नेपाल टेलिकमले पहिलो पटक बोनस शेयर दिँदै , बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल टेलिकमले पहिलो पटक बोनस शेयर दिँदै , बोलायो साधारणसभा



काठमाडौं । टेलिकमले सेयरधनीहरुलाई पहिलो पटक बोनस सेयर दिने घोषणा गरेको छ ।टेलिकमले लाभांश संगै बुकक्लोज तथा साधारण सभाको मिती घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र प्रत्तिकित्ता २० रुपैंया नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न २४ गते चौधौं बार्षिक साधारण सभा डाकेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लव,टुडिखेलमा हुने भएको छ ।

तेसैगरी, कम्पनीले चैत ११ गते देखि २३गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार चैत १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांस पाउनुका साथै कम्पनीको साधारण सभामा सहभागी हुन पाउने छन् ।

प्रकाशित : १ चैत्र २०७८, मंगलवार १५:१३