सिउरी न्यादी पावरको साधारण सभा चैत २१ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिउरी न्यादी पावरको साधारण सभा चैत २१ गते हुने



काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडको पाँचौं वार्षिक साधारण सभा चैत २१ गते हुने भएको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।सभा युनियन हाउस, अनामनगरमा बिहान १० बजे शुरु हुने भएको छ ।

सभाको विशेष प्रस्तावमा कम्पनीको पूँँजी वृद्धि गर्ने सम्बन्धी रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारबाही अनुमोदन गर्ने, सञ्चालकको नियुक्ती अनुमोदन गर्ने पनि रहेको छ ।


त्यस्तै, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।

प्रकाशित : १ चैत्र २०७८, मंगलवार १२:१८