ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्दै



काठमाडौं । ग्रीन भेन्चर्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आउँदो चैत ८ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३१ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल कित्ता मध्ये ९३ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँट गरेर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।

यो आईपीओ छिटोमा चैत ११ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा चैत २२ गतेसम्म दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिने सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार २१:०१