नेशनल माइक्रोफाइनान्सद्वारा नगद लाभांश वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

नेशनल माइक्रोफाइनान्सद्वारा नगद लाभांश वितरण



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले माघ ६ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त नगद लाभांश पुस २६ गतेसम्म बैंक खाता अद्यावधिक गराएका लगानीकर्ताहरुको बैंक खातामै जम्मा गरिदिएको हो ।

कम्पनीले नगद लाभांश बैंक खातामै जम्मा गर्ने भएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथासिघ्र गराउँन समेत आग्रह गरेको छ । यसको शेयर रजिष्ट्रारामा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले यस वर्ष कर समेत ५ प्रतिशत नगद लाभांशसँगै कुल ४५ प्रतिशत लाभांश वितरण गर्नेछ । कम्पनीले रू. ४१ करोड ९० लाख ५३ हजार चुक्तापूँजीको आधारमा ४० प्रतिशत बोनस शेयरसमेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात वितरण गरिने जानकारी कम्पनीले दिएको छ ।

प्रकाशित : २९ फाल्गुन २०७८, आईतवार १२:२३