जाल्पा सामुदायिक लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाकोआईपीओ नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीको १६ लाख कित्ता आइपीओ सुचिकृत भएको हो ।

कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीले पहिलो कारोबार को लागि नेप्सेबाट प्रतिकित्ता रू. १६४ दशमलव ६० देखि ४९३ दशलमव ८० मूल्य तोकेको छ ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । साथै कम्पनीले शेयर सूचिकरण पश्चात दिनु पर्ने आरटिएस सेवा प्रभु क्यापिटलबाट दिने जनाएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार १६:५४