सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौतापत्रमा हस्ताक्षर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका हुन्।

बैंक र खल्तीबीच भएको सम्झौताले ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो इ–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्न सकिने भएको छ । यस्तै, सानिमा सजिलो ई–बैंकिङ मार्फत चेक आउट गर्न सकिने भएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार १६:२६