सुनचाँदीको मुल्यमा बृद्धि,कति पुग्यो तोला को ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा बृद्धि,कति पुग्यो तोला को ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्यमा केहि दिन देखि उतारचढाब भईरहेको छ । बिहिबार गिरावट भएको सुनको मुल्यमा साताको छैठौ दिन शुक्रबार तोलामा ६०० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मुल्य प्रतितोला एक लाख दुई हजार ६०० सय रुपैंयाले बढेको हो । जुन बिहिबारको तुलनामा बढेको छ ।


बिहिबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख दुई हजार रुपैंयामा कारोवार भएको थियो । त्यसैगरी, शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला एक लाख दुई हजार १०० सय रुपैंया कायम भएको छ ।


यता चाँदीको मुल्यमा पनि तोलामा १० रुपैंयाले बढेर आज चाँदी प्रतितोला १४ सय १५ रुपैंयामा कारोवार भएको महासंघले जनाएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार ११:४८