नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोवार रकम पनि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोवार रकम पनि बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज साताको पाँचौ दिन (बिहिबार) दोहोरो अंकले बृद्धि भएको छ । नेप्से ५२.३१ अंकले बढेर २ हजार ५ सय ६६ दंशमलव ८० विन्दुमा रोकिएको हो ।

त्यसैगरि, आज २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९०० सय बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८६ वटा कम्पनी बढेका छन् भने ५ वटा कम्पनी घटेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । वृद्धि हुने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ । यो कम्पनीको शेयरमूल्यमा आज ९ दशमलव ९८ प्रतिशतले बृद्धि भएको छ ।

तर, आज माउन्टेन ईनर्जी नेपाल लिमिटेड लगाएतको सेयरमुल्यमा भने गिरावट आएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहीबार १५:५१