डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल ईन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल ईन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बिहिबार बसेको संचालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारको रुपमा नबिल ईन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।


उक्त संस्थाले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरण, शेयरवालाहरुको लागत अद्मावधिक तथा शेयर सम्बन्धी अन्य सम्पुर्ण कार्य गर्नको लागि उक्त ईन्भेष्टमेन्ट बैकिङ्गलाई नियुक्त गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत शेषरमण आर्चायले जानकारी दिए ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहीबार १२:४७