नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, साढे २४ लाखको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, साढे २४ लाखको हात खाली



काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको मंगलबार आइपीओ बाँडफाँड भएको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । २५ लाख २७ हजार १ सय १ जनाले शेयर आवेदन गरेकोमा ४ हजार १ सय ४६ जनाको आवेदन रद्द भएको थियो ।

२५ लाख २२ हजार ९ सय ५५ जना योग्य निवेदकबाट गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता रहेको बाँकी अड लटको शेयर २० कित्तामाथिका लागि आवेदन गर्ने ३ जनाले एक एक कित्ताको दरले पाएका छन् । बाँकी २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदकको हात खाली हुन पुगेको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको थियो भने ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

बाँकी ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका आज बाँडफाँड गरिएको हो । कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलवार १५:५७