आइएमई जनरल इन्स्योरेन्सको थप २ वटा सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई जनरल इन्स्योरेन्सको थप २ वटा सेवा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सद्वारा थप दुई वटा सेवा शुभारम्भ गरेको छ । इन्स्योरेन्सले पत्रकार सम्मेलन आयोजना गरि आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट गरि दुई वटा सेवा सुरु गरेको हो ।

कार्यक्रममा आईएमई गु्पका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडल सहित कम्पनीका संचालक समितिका पदाधिकारीहरु, स्पार्क अटोकेयर प्रा.लि. का अध्यक्ष रोशन घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कम्पनीका अध्यक्ष हेमराज ढकालको सापतित्व, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलवार १०:३९