नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज बाँडफाँड



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ आज मंगलबार बाँडफाँड गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज मंगलबार दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म बाँडफाँड गरिने भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका लघुवित्तको आईपीओमा २५ लाख ४८ हजार ३२५ जना आवेदकले २ करोड ९१ लाख ४३ हजार ३ सय कित्ता शेयरको लागि २ अर्ब ९१ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिने छ । १० कित्ताका दरले बाँडफाँट गर्दा लघुवित्तको आईपीओ ७७ हजार ४५६ जनाले पाउने छन् । जसमा ३ कित्ता बाँकि रहन्छ । थप ३ जनाले भने ११ कित्ता पाउनेछन् ।

लघुवित्तले फागुन ११ गते बुधबारदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलवार १०:१०