नेप्से संगै कारोवार रकममा पनि सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से संगै कारोवार रकममा पनि सामान्य वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज साताको दास्रो दिन (सोमबार) सामान्य अंकले बृद्धि भएको छ । नेप्से १.५५ अंकले बढेर २ हजार ५ सय ४४ दंशमलव ९४ विन्दुमा रोकिएको हो ।

त्यसैगरि, आज २ अर्ब ६० करोड ९ लाख ३० हजार बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा ११८ वटा कम्पनी घटेका छन् भने ६६ वटा कम्पनी बढेका छन् । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । वृद्धि हुने कम्पनीमा वुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी र बोटलर्स नेपाल रहेको छ । यी कम्पनीहरुको शेयरमूल्यमा आज ५ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

तर, आज पाँचथर पावर कम्पनीको सेयरमुल्यमा भने भारी गिरावट आएको छ । यस कम्पनीको सेयर मुल्य ६ दंशमलव ९० प्रतिशतले झरेको छ ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार १६:१७