काठमाडौं । एन आई सी एसिया लघुवित्त वितिय संस्था लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । १३ गते (सोमबार) बसेको संचालक समितिको १४४औं बैठकबाट कानुन तथा अनुपालना विभागमा कार्यरत वरिष्ठ अधिकृत रमाकान्त मणी नेपाललाई संस्थाको कम्पनी सचिवको जिम्मेबारी दिएको हो ।
यस अघि संस्थाको कानुन तथा अनुपालना विभागका प्रमुख प्रह्लाद चन्द्र निरौलाले पदभार सम्हालेका थिए ।
Comment