एनएमबि बैंकको विस्तारीत काउन्टर मोरङ्गको बेलबारी मालपोत कार्यालयमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि बैंकको विस्तारीत काउन्टर मोरङ्गको बेलबारी मालपोत कार्यालयमा



काठमाडौं । एनएमबि बैंकले सेवाग्राही हरुलाई सहज होस भन्ने उद्देश्यले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ ।

नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमूख कार्यकारी अधिकृत सुनिल के.सि.को विशेष आतिथ्यता तथा एनएमबि बैंक लि. प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो ।

एनएमबि बैंकको यो लगायत हाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार १३:३६