लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर फागुन २३ गते (सोमबार) देखि विक्रीमा ल्याएको छ । कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर कम्पनीले चैत १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो ।

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २५० तोकिएको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा योग्य जो कोही व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयर खरिदको माग गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १७ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालय नागपोखरी, काठमाडौंमा खोलिने कार्यक्रम तय भैसकेको । यो शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार ११:४५