राष्ट्र बैंकद्वारा सुन आयतमा कडाइ,अब दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकद्वारा सुन आयतमा कडाइ,अब दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयतमा कडाइ गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले आज आइतबार निर्देशन जारी गर्दै सुन आयातको कोटा घटाएको हो।

जस अनुसार अब दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने छ। यस अघि दैनिक २० किलोग्राम सुन आयात गर्न सकिने ब्यबस्था थियो ।

विदेशी विनिमय संचिति घट्दो क्रममा रहेको र विदेशी विनिमय संचितिको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको हो ।

प्रकाशित : 6 March, 2022 6:14 pm