प्रभु बैंकले ल्यायो फोन लोन सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकले ल्यायो फोन लोन सुविधा



काठमाडौँ । बैंक लिमिटेडले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्नो ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आज (शुक्रबार)देखि सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकका ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवयर माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै रु. २ लाख सम्मको फोन लोनको सुविधा लिन सक्ने भएका छन् । यो सुविधा हालको लागि उक्त बैकमा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको छ ।

यो सुविधा उपभोग गर्नका लागि ग्राहकले आफ्नो मोबाईलमा रहेको मोबाईल बैंकिङ्ग सफ्टवेयरबाट फोनलोनको लागि अनुरोध गर्न सक्नेछन् । फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई बैंकका ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ । यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्मको हुनेछ ।

यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै, सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुने बैकले जनाएको छ । त्यसैगरि,बैंकले सञ्चालनमा ल्याएको फोन लोन सुविधा उपभोग गरी अधिकतम लाभ लिनुुहुनेछ भन्ने पनि विश्वास लिएको बताएको छ ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार ११:५७