नेपाल बैंकले माग्यो ३०३ कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकले माग्यो ३०३ कर्मचारी



काठमाडौं । नेपाल बैंक लिमिटेडले स्थायी पदपूर्तिका लागि विभिन्न पदमा ३०३ कर्मचारी माग गरेको छ । बैंकले सबैभन्दा धेरै सहायक पदमा १५० जनशक्ति माग गरेको छ ।

९१ कनिष्ठ सहायक र ६२ सहायक प्रबन्धकका लागि दरखास्त आह्वान गरिएको छ । त्यसैगरी, सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी) मा ४ जनशक्ति माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आगामी चैत १० गतेसम्म आवेदन दिन भनिएको छ । दोब्बर दस्तुर तिरेर भने थप एक साता आवेदन बुझाउन सकिनेछ । बैठकले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार १०:३३