सिटिजन लाइफले डाक्यो वार्षिक साधारणसभा,आईपीओ निष्कासन गर्ने प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सिटिजन लाइफले डाक्यो वार्षिक साधारणसभा,आईपीओ निष्कासन गर्ने प्रस्ताव



काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो चैत ११ गते वार्षिक साधारणसभा डोकेको हो।

सभा काठमाण्डौको ठमेलस्थित छाँयादेवी कम्प्लेक्सको अलोफ्ट काठमाण्डूमा दिउँसो ३ बजेदेखि हुनेछ। सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।

सोही सभाले कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समावेश गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहीबार १४:४८