थप ३ वटा स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

थप ३ वटा स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा आइतबार रुपन्देही जिल्लाको देवदह नगरपालिका–८, अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–२, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

देवदह नगरपालिकामा देवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगा न.पा.मा सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्यनेपाल न.पा मा इशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी गराएको छ ।
शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७८, आईतवार २१:२०