लुम्बिनी जनरल इन्स्योरेन्स संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी जनरल इन्स्योरेन्स संस्थापक शेयर बिक्रीमा



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १५ गते आइतवारदेखि १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले उक्त शेयर प्रतिकित्ता रू. २५० तोकेर विक्रीमा ल्याएको हो । यो शेयर कम्पनीका विद्यमान संस्थापक बाहेकका अन्य व्यक्ति तथा संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

यो शेयर खरिदका लागि न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । इच्छुक खरिदकर्ताहरुले आगामी ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १५ फाल्गुन २०७८, आईतवार १०:५५