१५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

१५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार १६:१२