सगरमाथा इन्स्योरेन्सले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सगरमाथा इन्स्योरेन्सले लाभांश दिने



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको फागुन १२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ११ करोड १३ लाख ५७ हजार रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार ११:२१