रेबानको अध्यक्षमा अरनिको र महासचिबमा एकराजसहित १९ सदस्यीय कार्यसमिति चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रेबानको अध्यक्षमा अरनिको र महासचिबमा एकराजसहित १९ सदस्यीय कार्यसमिति चयन



काठमाडौं । देशभरका रेष्टुरेन्ट ब्यावसायीहरुका साझा संस्था रेष्टुरेण्ट तथा बार एशोसिएसन (रेबान)को ३१ ओैँ वार्षिक साधारण सभाबाट अध्यक्षमा अरनिको राजभण्डारी पुनः चयन भएका छन् । सोमबार सम्पन्न सभाले रेबानको १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा संघर्ष विष्ट र उपाध्यक्षहरु भीमसेन भुजेल (पोखरा) र गोकर्ण गिरी चयन भएका छन् । यस्तै, महासचिवमा एकराज अधिकारी, कोषाध्यक्ष नरेश ध्वज श्रेष्ठ, सचिवमा उद्वव ढकाल, सहकोषाध्यक्ष नृपेश श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा अनुप लाल कक्षपति, बिष्णु बहादुर कार्की, नरेश गिरी, रितेज नाथ श्रेष्ठ, लक्ष्मण बराल, दिपेन्द्र खतिवडा, शरद दाहाल, विप्लव भट्ट, गुणराज श्रेष्ठ, सचिन कर्माचार्य र गणेश बहादुर ढकाल निर्वाचित भएको रेबानले जनाएको छ ।

महासचिबमा चयन भएका अधिकारी इलामका हुन् । इलामको रोङ गाउँपालिका मार्षेका अधिकारी डेढ दशक अघिदेखि काठमाडौंमा रेष्टुरेन्ट ब्यवसाय संचालन गर्दै आइरहेका छन् । ठमेलमा केटु रेष्टुरेन्ट एण्ड बारका संचालक अधिकारी पर्यटन र समाजसेवामा पनि सक्रिय छन् ।

उनले जिल्लाका विद्यालयहरुलाई विभिन्न समयमा शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गर्दै आइरहेका छन् । उनले इलामको प्रचार विभिन्न देशमा पुगेर पनि गर्दै आएका छन् ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलवार २०:४७