कुकिज, बिस्कुट र सडेगलेका पाउरोटीबाट उपभोक्ता ठग्ने श्रेष्ठ पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कुकिज, बिस्कुट र सडेगलेका पाउरोटीबाट उपभोक्ता ठग्ने श्रेष्ठ पक्राउ



काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित एक गोदाममा छापा मारेर अखाद्य कच्चा पदार्थ बरामद गरेको छ ।

काठमाडौंको ज्याठा बस्दै आएका सिन्धुपाल्चोकका नरेश बहादुर श्रेष्ठले सञ्चालन गरेको स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ्ग र श्रीतारा फुड्स एण्ड स्पाइस प्याकेजिङ्गमा प्रहरीले छापा मारेको हो । श्रेष्ठ यसअघि अर्कै धन्दामा पक्राउ परी अदालतले धरौटीमा छाडेको थियो ।

म्याद नाघेको र बजारबाट फिर्ता गरिएका कुकिज, बिस्कुट र सडेगलेका पाउरोटीलाई धुलो बनाइ कुकिज, टोस्ट बिस्कुट र अन्य बिस्कुट बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै म्याद नाघेको पाउरोटीलाई धुलो बनाइ क्रन्ची चिकेन रोस्ट बनाउन प्रयोगमा ल्याउने गरेको पनि महानगरिय अपराध महाशाखाका प्रवक्ता कृष्णकुमार कोइरालाले बताए । अखाद्य वस्तु उत्पादन गर्ने नरेशबहादुर श्रेष्ठ गत महिना स्पर्श ब्राण्डको नक्कली मह उत्पादनको अभियोगमा पक्राउ परेका थिए ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलवार १२:२९