नेप्सेमा दुई कम्पनीको बोनस शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सुचिकृत



काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । नेपाल बैंक र गुडवील फाइनान्सको बोनस शेयर सुचिकृत भएको हो ।

नेपाल बैंकको १ करोड ७६ लाख ९१ हजार ४६२ दशमलव ०७ कित्ता र गुडवील फाइनान्सको ७ लाख ८९ हजार १५२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् ।

नेपाल बैंकको पुस २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १४ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो । त्यसैगरी गुडवील फाइनान्सको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ९ दशलमव १ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार १८:१५