नयाँ कोका–कोला जेरो बजारमा, सुगरको स्वाद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

नयाँ कोका–कोला जेरो बजारमा, सुगरको स्वाद



काठमाडौं । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध छ । अब नेपाली उपभोक्ताहरुले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वाद लिन सक्नेछन् ।

व्यापक बजार परिक्षण र इन–हाउस इनोभेसन मार्फत बजारमा ल्याइएको कोका–कोला जेरो सुगर अझै शानदार प्याकेजिङ्ग र उत्कृष्ट स्वादको साथमा आएको छ । नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरुका लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको छ ।

सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो कोका–कोला जेरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले सदैव उपभोक्ताहरुको चाहना र आवश्यकता अनुसारको उत्पादनहरु नै बजारमा ल्याउने प्रयास गर्ने बताए ।

‘यो नयाँँ स्वाद र नयाँँ प्याकेजिङ सहितको कोका–कोला जेरो सुगरलाई विश्वभरीकै उपभोक्ताहरुले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुशी लागेको छ, नेपाली उपभोक्ताहरुले पनि यो नयाँँ कोका–कोला जेरो सुगरलाई मन पराइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेलेज्युले आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताहरुको लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको बताए । संसारभरी नै अत्यन्त रुचाइएको यो कोका–कोला जेरो सुगरलाई नेपाली उपभोक्ताहरु सामु ल्याउन पाउँदा भएको उनको भनाई छ । नयाँँ कोका–कोला जेरो सुगर ५०० मि.लि. र २५० मि.लि.मा नेपालभर उपलब्ध छ ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार १४:३२