मुक्तिनाथ विकास बैंकको बोनस तपाईको खातामा आयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंकको बोनस तपाईको खातामा आयो ?



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस वितरण गरिएको छ । बैंकको गत मंसिर २५ गते सम्पन्न भएको पन्ध्रौं वार्षिक साधारण सभाले पारित गरेको १७.५७५ प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा फागुन २ गतेदेखि जम्मा गरिएको हो ।

सभाले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि गरेको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा सेयर जम्मा गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मुक्तिनाथ विकास बैंकले मंसिर १५ देखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबारदिन अर्थात मंसिर १४ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्रै बोनस प्राप्त गर्नेछन् ।

चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ बैंकको बोनस पारित गरेपछि ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपैयाँ चुक्ता पूँजी पुगेको छ। बैंकको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार १४:०१