नेप्सेमा २ करोड ३ लाख कित्ता बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा २ करोड ३ लाख कित्ता बोनस शेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २ करोड ३ लाख २१ हजार ८ सय ३०.४२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । दुई बैंकको बोनस शेयर आज सूचीकृत भएको हो ।

यसैक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले शेयरधनीहरुलाई प्रदान गरेको ८ प्रतिशत बोनस बापतको १ करोड ६० लाख कित्ता शेयर सूचीकृत भएको हो ।

त्यसैगरी सिभिल बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको ४३ लाख २१ हजार ८ सय ३०.४२ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहीबार १५:५६