मन्था अर्बन कोअपरेटिभ बैंकको लाइसेन्स खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मन्था अर्बन कोअपरेटिभ बैंकको लाइसेन्स खारेज



एजेन्सी । भारतीय रिजर्व बैंक (आबीआइ) ले मन्था अर्बन कोअपरेटिभ बैंकको लाइसेन्स रद्द गरेको छ । भारतको महाराष्ट्रमा रहेको उक्त सो कोअपरेटिभ बैंकको लाइसेन्स रद्द गरेको हो । आरबीआईले कमजोर आर्थिक अवस्था देखाउँदै लाइसेन्स रद्द गरेको हो ।

बैंकको आर्थिक अवस्था राम्रो नभएको आरबीआईले जानकारी दिएको छ। हालको अवस्थामा बैंकले आफ्ना विद्यमान निक्षेपकर्ताहरूलाई पूरा भुक्तानी गर्न नसक्ने अबस्थामा रहेको छ । यस्तो अवस्थामा बैंकले आफ्नो बैंकिङ कारोबारलाई निरन्तरता दिन दिएमा खातावालाको हितमा हुने छैन । लाइसेन्स खारेज भएपछि अब बैंकले निक्षेप लिन वा निक्षेप फिर्ता गर्न पाइने छैन ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहीबार ११:३३