धौलागिरी लघुवित्तले ३ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धौलागिरी लघुवित्तले ३ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्दै



काठमाडाैं । धौलागिरी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गर्न लागेको आईपीओका लागि प्रभु क्यापिटललाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणलाई ३ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्दैछ ।

नियुक्ति सम्बन्धी सम्झौतामा धौलागिरी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २, नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ ।

हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार १८:४२