गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक



काठमाडौं । गरिमा विकास बैंकले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यले ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ ।

न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा शुरु गर्न सकिने उक्त योजन एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो । यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दति बराबरको ब्याजदर पाइनेछ ।

साथै, यस निक्षेप योजना अन्र्तगत योजना अवधिभित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दति बराबरको ब्याजदर पाइनेछ ।

यस बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको हो । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकवर्गका लागि समेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुनेछ बैंकको भनाइ छ ।

हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत् आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सुविधा दिँदै आइरहेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार १७:५३