कुमारी बैंक र लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

कुमारी बैंक र लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा



काठमाडौं । कुमारी बैंक र लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा आएको छ । कुमारी बैंकको १० हजार ७९६ कित्ता र लुम्बिनी विकास बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।

शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीहरुले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सुचना बुधवार जारी गरेको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयधनीहरुको तर्फबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री प्रकृया अघि बढाईने जानकारी कम्पनीहरुले दिएका छन् । इच्छुक शेयरधनीहरुले सम्बन्धीत कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार ११:१५