ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २७४ पुगेको छ ।

बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. ३, दावाँ, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका वडा नं. १, देउराली बजार तथा वडा नं. ६, रिष्ठे बजार, धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ४, पुष्पवलपुर तथा बटेश्वर गाँउपालिका वडा नं. ४, बटेश्वर, खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११, खार्मी, नुवाकोट जिल्लाको लिखु गाँउपालिका वडा नं. ४, चौघडा, रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ४, भवानीपुर र उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ६, बाँकेटारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकको भोजपुर शाखाअन्तर्गत रहनेगरी दावाँमा खोलिएको सेवाको लागि प्रकाश दाहाल, दोरम्बा शाखाअन्तर्गत रहनेगरी देउराली बजारमा खोलिएको सेवाको लागि डडुवा साना किसान कृषि सहकारी संस्था लि. तथा रिष्ठे बजारमा खोलिएको सेवाको लागि मिलन थापा, ढल्केबर शाखाअन्तर्गत रहनेगरी पुष्पवलपुरमा खोलिएको सेवाको लागि राकेश कुमार महतो तथा बटेश्वरमा खोलिएको सेवाको लागि जितेन्द्र कुमार महतो सिंह, खोटाङ शाखाअन्तर्गत रहनेगरी खार्मीमा खोलिएको सेवाको लागि सुमन राई, त्रिशुली शाखाअन्तर्गत रहनेगरी चौघडामा खोलिएको सेवाको लागि देवराज राई, खैरेनी शाखाअन्तर्गत रहनेगरी भवानीपुरमा खोलिएको सेवाको लागि राजन अधिकारी र कटारी शाखाअन्तर्गत रहनेगरी बाँकेटारमा खोलिएको सेवाको लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलवार १८:१८