आइएमई जनरल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई जनरल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्यो



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले खुद नाफा १९.२३ प्रतिशतले घटेर १२ करोड १३ लाख ६८ हजार रुपैयाँमा सिमित भएको छ । चालु आर्थिक वर्षको २०७८/७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण मार्फत सो कुरा सार्वजनिक गरेको हो । कम्पनीको गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ३.४० प्रतिशतले बढेर ३७ करोड ३६ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ४२ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषमा ५३ करोड ५ लाख ४३ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रकाशित : २९ माघ २०७८, शनिबार १४:१९