बाह्रघरेमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बाह्रघरेमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा



काठमाडौं । सनराइज बैंकले झापाको कमल गाउँपालिका–७ बाह्रघरेमा शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ । बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि विजय गौलीलार्ई प्रतिनिधिका रूपमा नियुक्त गरेको छ ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिनेछ । सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत सेवा लिन सक्नेछन् ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यले शाखारहित इकाइ विस्तार गरिएको बैंकले बताएको छ ।

कार्यक्रममा गाउँपालिकाको वडा–७ का वडाध्यक्ष पृथ्वीपति राई, शिक्षक, कर्मचारी, व्यापारीलगायत उपस्थित थिए । बैंकका प्रदेश १ प्रमुख विवेक निरौलाको सभापतित्वमा सञ्चालित कार्यक्रम सञ्चालन दमक शाखाका शाखा प्रबन्धक मदन तिम्सिनाले गरेका थिए ।

हाल बैंकले १३९ शाखा, ८६ शाखारहित बैंकिङ इकाइ, १३ एक्सटेन्सन काउन्टर र १५९ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार १७:०४