सांग्रिला डेभलपमेन्ट बैंकको १०७औं शाखा सल्ली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको १०७औं शाखा सल्ली बजारमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै सल्ली बजार, वनगाड कुपिण्डे नगरपालिका वडा नं.१ सल्यानमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । सल्ली बजार शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ । यस शाखाको उद्घाटन वनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले गरेका हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत बैंकले जनाएको छ ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार १६:०३