लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजो माघ २६ गते (बुधबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९.५२३८ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.४७६१९ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रकाशित : २७ माघ २०७८, बिहीबार १०:५०